असोज १४, काठमाडौं । सभामुख कृष्ण बहादुर महराले राजीनामा दिएका छन् ।

यौन दूराचारको आरोप लगोका महराले मंगलबार पदबाट राजीनामा दिएका हुन् ।
यौन दूराचारको आरोप लागेपछि महराले पार्टीका शीर्ष नेताहरुसँग परामर्श गरेका थिए । त्यस्तै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवाल बैठकले पनि पदबाट राजीनामा दिन महरालाई सुझाएको थियो ।
संसद सचिवालयमै कार्यरत एक महिला कर्मचारीले महराले आफूलाई जबरजस्ती करणी गरेको आरोप लगाएपछि महरा पदबाट राजीनामा दिन बाध्य भएका हुन् ।
महराले आफूमाथि लागेको आरोपको निष्पक्ष छानबिनका लागि नैतिकताका आधारमा आजैदेखि लागू हुने गरी राजीनामा दिएको घोषणा गरेका छन् ।
उनले लेखेको राजीनामा पत्रमा घटनाको छानबिन नसक्दा सम्मका लागि राजीनामा दिएको उल्लेख गरेका छन् ।
महराले लेखेको राजीनामा पत्र यस्तो छ ।
