भदौ २, काठमाडौं । सुनको मुल्य आज तोलामा आठ सय रुपैयाँले बढेको छ । सुन आज तोलामा आठ सय रुपैयाँले बढेर तोलाको एक लाख ९६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको मुल्य तोलाको एक लाख ९५ हजार पाँच सय रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको मुल्य तोलामा पाँच रुपैयाँले बढेर तोलाको दुई हजार तीन सय १५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको मुल्य तोलाको दुई हजार तीन सय १० रपैयाँ रहेको थियो ।