प्रकृति हामीले सोचेजस्तो छैन । यो विचित्रको छ । यसको चरित्रको अध्ययन गर्न त्यत्ति सजिलो छैन । स्थान र स्थानीयबासीका आ–आफ्नै विषेशताहरू रहेका हुन्छन् । हावापानी, रहनसहन, लवाइ–खवाइदेखि बोलीचालीसमेतले भूगोल र तत्तत् परिवेशको प्रतिनिधित्व गरेको मानिन्छ ।

हिमाल, पहाड, तराई, दून तथा शहर, गाउँ र काँठका बासिन्दाहरू सबैका रहनसहन एकै हुँदैनन्÷छैनन् । लवाइकै कुरा गर्ने हो भने— प्रकृतिले दिएको वातावरण अधिकांश समय चिसो नै हुने हुनाले हिमाली बासिन्दाको पोसाकमा न्यानोपनको बाहुल्यका हुनु आवश्यक पर्छ भने तराई क्षेत्रमा अधिकांश समय तातो बढी हुने भएको हुनाले यहाँ बसोवास गर्नेहरूको हकमा उष्ण प्रतिरोधात्मक पोशाकको आवश्यता पर्ने देखिन्छ । शहर, अर्थात् धुलोमुलोरहित स्थानका बासिन्दाको पोशाक रोजाइमा सुकिलो–मुकिलो चिटिक्क परेको हुन्छ भने गाउँका जनताका लागि क्रयशक्तिले थाम्न सक्नेमात्रको चाहनामा पर्ने हुन्छ । त्यसैगरी पहाडको लागि समशीतोष्णको हावापानीलाई धान्नसक्ने पोशाकको आवश्यता महसुस गरिन्छ । वातावरण प्रतिकूलित पोशाकले शरीरलाई दिन सक्ने ऊर्जामा नकारात्मक प्रभाव बढी पर्ने कारणले गर्दा अनुकूलित पोशाकमा जीवन सहज हुने महसुस गर्न सकिन्छ ।
खवाइको कुरा गर्ने हो भने चिसो स्थानका बासिन्दाको खवाइमा ढिलो पच्ने खालका खाद्यबस्तु ढिडोपिठोको बाहुल्य रहेको हुन्छ भने तराईजस्ता बढी समय तातो रहने स्थानका बासिन्दाको खानामा छिटो पच्ने खालको खाद्यबस्तु दालभातको बाहुल्य बढी रहेको हुन्छ । त्यसैगरी पहाडी भागका बासिन्दा उच्च तातो र चिसोको बीचमा रहने भएकाले यिनीहरूको लागि पिठो र चामल दुवैको उपयोगिता रहन्छ÷रहेको छ । शहरजस्ता साधनसम्पन्न स्थानको लागि स्वादमा केन्द्रित भएर खानेकुराको रोजाइ हुने गर्दछ । त्यसमा प्राकृतिकभन्दा बढी कृत्रिम खाद्यबस्तुको मिसावट वा भनौँ स्वादका पारखीको सन्तुष्टि दिने खालको हुन्छ, न कि शरीरको आवश्यकता पूरा गर्ने खालको । भोजन अनुसार तन, तन अनुसार मन हुन्छ भन्ने भनाइ रहेको छ त्यसैले पनि शहरियाहरूको मनमा गाउँको जस्तो सहयोगी भावले स्थान पाएको देखिँदैन । देखासिखीमा नै धेरै समय व्यतीत भएर होला त्यसको अभ्यासमा लाग्ने जनताको निर्माण भनेकै शहरको निर्माण होभन्दा हुन्छ ।
शहरले विश्वव्यापीकरणको रसास्वादननमा आफुलाई बढीभन्दा बढी होम्न खोजेको देखिन्छ भने काँठले देख्न सक्ने तर भोग्न नसक्ने परिवेशको सामना गरिरहनुपरेको छ ।
खानपानको कुरा गर्ने हो भने त झन् विज्ञापनको कसरतलाई शहरियाले नै पूरा गरिदिने त हो नि ! शुद्धाशुद्धिको कुरा गरेर बसिरहेर पनि आपूर्तिमा उतारचढाव भएमा खानपानमा समस्या हुनु स्वाभाविकै भयो । खाद्यपदार्थमा भएको मिसावटका कण सँगसँगै अस्पताल, डाक्टर एवं औषधीसमेतको आपूर्ति एकैसाथमा गर्न सकिने भएर होला पूँजीवादी अर्थसंरचनामा मल्टिनेशनल कम्पनीहरूले खाद्यबस्तुको विज्ञापन र मिसावटबाट बन्ने नयाँ बस्तुको प्रचार अधिक गरेर मानिसलाई भुलभुलैयामा पारिराखेका छन् । जुन विषयको ज्ञान नभएर हो वा विकल्प नभएर हो अल्पविकसित समाज चुर्लुम्म डुबिरहेका छन् । त्यसैको एउटा अङ्स मेरो काँठले पनि लिइरहेको छ ।
शहरले विश्वव्यापीकरणको रसास्वादननमा आपूmलाई बढीभन्दा बढी होम्न खोजेको देखिन्छ भने काँठले देख्न सक्ने तर भोग्न नसक्ने परिवेशको सामना गरिरहनुपरेको छ । हाम्रातिरका अघिल्लो पुस्ताका मानिसले भन्ने गरेको सुनेको थिएँ— दिउँसभरि युरोप अमेरिकाको कुरा सुन्यो÷हाँक्यो भरे घरमा गएर खानको लागि एक डल्लो ढिँडोको पनि धौ धौ । शहरले काँठलाई दिएको विविध उपहार (सकारात्मक÷नकारात्मक) मध्येको एउटा उपहारको रूपमा यस भनाइलाई लिन सकिन्छ । समयको मागअनुसार आपूmलाई दौडाउन नसक्ने अनि दौड्ने चाहनासम्म राख्ने वर्गीय समाजको भोगाइ नै काँठको यथार्थ भोगाइ हो । सम्पन्नतामा होइन, विपन्नताको माँखेसाङ्लोमा परेको समाज नै काँठको समाज हो ।
शरीर र आत्माको बीचमा रहने मनको दौडाहा कति छ ? त्यसको बारेमा गुणात्मक व्याख्या गरेर समाज सिङ्गो जीवनको गुणको बारेमा व्याख्या गर्दछ । वास्तविक रूपमा केलाउने हो भने त्यो त्यति व्यावहारिक व्याख्या होइन । भूगोल, हावापानी, बानी, सङ्गत, परिस्थिति आदिको मिश्रणबाट निर्मित एउटा व्यहारगत प्रस्तुतिलाई मानिसले अर्को मानिसको गुण हो भनेर व्याख्या गरेको सुनिन्छ ।
भोगाइलाई मध्यनजर राख्ने हो भने काँठले सधैँ दोस्रो दर्जाको भोगाइलाई सामना गरिरहनुपरेको देखिन्छ । शहरले भोगिसकेको बस्तु, अवस्था, परिवेशका साथै गाउँले भोगिरहेको अवस्था, परिवेश र बस्तुको उपभोक्ता अन्त कतै खोजिरहनुपर्दैन, त्यो काँठमा नै पाइन्छ । भनिन्छ— रहनसहनको आधारमा त्यही स्थानको निवासी हो भनेर अड्कल काट्नसमेत सकिन्छ । काठमाडौँको काँठमा हुर्किएको पङ्क्तिकारका पनि सहपाठीहरूले यस्तै विषयहरू औल्याउँछन् । मर्यादित भाषाको कन्जुस्याइँ, निहुरिन नजान्ने, लवाइखवाइमा व्यवस्थित नभएको (जस्तो लाए पनि हुने, जस्तो खाए पनि हुने) विचित्रको गुण भएको आदि संज्ञा दिन्छन् ।
भूगोल र परिवेशको कुरा नगर्ने हो भने पनि मानिस जन्मजातै एकअर्कोसँग मेल नखाने प्राणी हो । त्यसमाथि पनि गुणको कुरा गर्दा विषय प्रवेश हुन्छ, केको गुण भन्ने बारेमा– शरीरको गुण भन्ने हो भने पाञ्चभौतिक शरीर सबैको एकै किसिमका तत्त्व— जल, थल, वायु, अग्नि र अन्तरिक्षद्वारा निर्माण भएको हुन्छ । यसमा चाहेर पनि कसैले एक तत्त्वको अभावमा मानिसको जन्म गराएको आजसम्म थाहा छैन । त्यसैगरी शरीरभित्र विराजमान हुने तत्त्वको गुणको कुरा गर्ने हो भने सबै शरीरमा एउटा अदृश्य शक्तिले आफ्नो वर्चस्व जमाइरहेको हुन्छ । त्यसलाई हामी पूर्वीय दर्शनका हिमायतीहरूले जीव अर्थात् आत्माको संज्ञा दिएका छौँ भने पश्चिमाहरूले सुपर पावर । यो आत्माको गुणको कुरा गर्ने हो भने कसैको पनि फरक भन्ने हुँदैन । आत्माका गुण प्रेम, शान्ति, आनन्द, पवित्रता, सुख, शक्ति, ज्ञानजस्ता कुरा समान रहेका हुन्छन् । अब कुरा आउँछ, त्यसो भए कुन किसिमको गुणको कुरा यहाँ गर्न खोजिएको हो । आज मैले यहाँँ उठाउन खोजेको लौकिक शरीरले गर्ने व्यवहारगत गुणको कुरा हो । अर्थात् संस्कारजन्य गुणको कुरा यहाँ उठाउन खोजिएको हो ।
शरीर र आत्माको बीचमा रहने मनको दौडाहा कति छ ? त्यसको बारेमा गुणात्मक व्याख्या गरेर समाज सिङ्गो जीवनको गुणको बारेमा व्याख्या गर्दछ । वास्तविक रूपमा केलाउने हो भने त्यो त्यति व्यावहारिक व्याख्या होइन । भूगोल, हावापानी, बानी, सङ्गत, परिस्थिति आदिको मिश्रणबाट निर्मित एउटा व्यहारगत प्रस्तुतिलाई मानिसले अर्को मानिसको गुण हो भनेर व्याख्या गरेको सुनिन्छ । यसरी एकले अर्काको विषयमा उजागर गरिएको विषय उसको गुण नभई व्यवहार वा स्वभाव हो भन्दा हुन्छ । मानिसले आपूmले खेलेको भूगोल र हुर्केको वातावरणको आधारमा आफ्नो जीवनलाई अगाडि बढाइरहेको हुन्छ । यसरी अगाडि बढाउने क्रममा उसले म को हँु को अर्थ खोज्न सकेको हुँदैन । उसले मानिस को हो ? भन्ने अर्थको बाहिरी भागमा आपूmलाई दौडाइरहेको हुन्छ । मनलाई आत्मीय तत्त्वको ज्ञानमा पदार्पण गराउन सकेमा त्यसबाट अङ्कुरित स्वभावमा सकारात्मकताको पालुवा पलाउन सक्छ । जसले समाज रूपान्तरणमा कोशेढुङ्गाको रूपमा काम गर्छ । त्यसले गर्दा मानिसलाई उसको व्यवहारबाट मूल्याङ्कनको श्रेणीमा राख्ने हो न कि उसको गुणको आधारमा ।
व्यवहार तथा भूगोलको सिँगारपटारको कुरा गर्दा मैले आधा शताब्दी व्यतीत गरेको स्थान आज कहाँ पुग्यो कहाँ ? नागबेली ग्राफमा केलाउने हो भने कुनै सङ्केत कता फर्केका त कुनै कता ? समाजको विकास क्रम पनि उतारचढावमा नै निर्भर रहेको हुन्छ । भौतिक सुविधाहरूको पहुँचलाई विकास भन्ने कि मानवीय व्यवहारलाई विकास भन्ने यो एउटा बहसको विषय हुन सक्दछ । आजको विकासको कुरा गर्दा अरूले देख्न, महसुस गर्न लालायित हुने विषय नै विकास हो । आर्थिक, भौतिक, सामाजिक, व्यवहारगत रूपमा अधिकांश लालायित हुने विषय नै वास्तविक रूपमा विकास होभन्दा अत्युक्ति नहोला । जीवनस्तरमा गुणात्मक सुधार हुने, सामाजिक न्यायसहितको द्रुत आर्थिक विकास हुने समाज रूपान्तरण गर्दै जानुलाई आजको विकासको परिधिभित्र राखेको पाइन्छ ।
आध्यात्मिक चिन्तनका विद्वान् प्रा.चेतुनाथ शर्मा आफ्नो पुस्तक अन्तरमनका भाव तरङ्गको पृष्ठ संख्या ३०६ मा भन्नुहुन्छ—जीवनको भौतिक अंश सुलभ र साधारण तुल्याउनका लागि व्यष्टि र समष्टिगत सजगता एवं प्रयास आवश्यक हुन्छ, तर यो प्रयासले सीमा उल्लङ्घन नगरोस् भन्नाका लागि मर्यादाको बन्धनलाई पनि स्वीकार गर्नुपर्छ । यस किसिमको बन्धनको शृङ्खला धर्मले बाँध्छ । उहाँको भनाइलाई मध्यनजर गर्ने हो भने धर्मको परिधिभित्र रहेर समाजलाई सकारात्मक बाटोतर्फ डो¥याउन गरिने प्रयास नै वास्तविक रूपमा विकास हो । आजको समाजले अपनाइरहेको विकासको कुरा गर्ने हो भने— सकारात्मक परिवर्तन भएर मात्र विकास भएको हो भनेर भन्न सकिँदैन । साँच्चिकै विकास हुनका लागि लक्षितवर्गले सकारात्मक परिवर्तन, अर्थात् विकास भएको छ भन्ने कुरा महसुस गरेको हुनुपर्दछ । समय क्रमअनुसार विकासको परिभाषा परिवर्तन हुँदै जानु अन्यथा पनि भएन । परिवर्तन नभई कुनै पनि विषय अगाडि बढ्न सक्दैन । त्यसैको पेरिफेरीमा हामी काँठेले पनि विकास भएको महसुस गर्न सकेका छौँ कि छैनौँ त्यही मूल विषय हो ।
प्राकृतिक बस्तु माटो, ढुङ्गा, काठबाट बनेका प्रकृति अनुकूलित चारपाखे, गोल तथा सिकुवावाला बृहत् कालिगढी युक्त समय सान्दर्भिक बान्की परेका घरहरूमा ह्वात्तै सिमेन्ट र कङ्क्रिटले आक्रमण गरेको छ । केही काम नगरी खानुहुँदैन, अन्नले सराप्छ भन्ने सनातनी संस्कृतिमा आयातीत विलासिताले डयाम्मै अँगालो हालेको छ ।
आज विश्वमा आपूmलाई विकसित देश भन्न रुचाउने युरोप, अमेरिका, चीनजस्ता मुलुकले पनि भौतिक रूपको परिवर्तनलाई अरू देशसमक्ष प्रदर्शन गर्न सफल भएका छन् । यिनका यस्तै देखिने परिवर्तनले गर्दा अन्य भूगोलका मानिस त्यस्ता भूगोलदेखि लालायित हुँदै आएका छन् । ज्यानको बाजी राखेर क्षार समुन्द्रमा जहाजको लामो यात्रा पार गर्दै मेक्सिको वा पानामाबाट अमेरिका हेर्न खोज्नेको लर्को लाग्ने गर्दछ । भूखण्डको असमानताको खाडल दिनानुदिन फराकिलो हुँदै गइरहेको छ । उत्पादनका स्रोतहरूको केन्द्रीकृत हुने रफ्तार बढ्दो छ । इथियोपियाजस्ता मुलुक खाद्यसङ्कटबाट जिइरहेका छन् भने अमेरिकाजस्ता देश अन्तरिक्ष क्षेप्यात्र निर्माणमा लालायित हुन थालिसकेका छन् । भौतिकवादले समाजलाई निमोठेर मत्ताहात्तीले सरयुबाट कमल निमोठेर फालेजसरी मानव सम्यतालाई नै ध्वस्त पार्न सक्ने डर आजको ठूलो चुनौतीको रूपमा खडा भएको छ । सूचना प्रविधिमा आएको विकास भनौं की समाज विनासको प्रवेश द्वार भनौ आज एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्टजस्ता सहजकर्ताको रूपमा मानव समाजमा देखापरेका छन् । विश्वको सम्पूर्ण सूचना पहव(हावा)मा रहन थालेपछि कतैवाट गलत उपयोग हुन पुगेको खण्डमा ध्वस्त भएन यो सम्यता ! विश्वमा आएका अधिकभन्दा अधिक विषय आपूmलाई उपयोगी भन्दै दौरा न सौराको खल्ती भने झै प्रत्येकमा आपूmलाई उभ्याउन पर्छ भन्दै समय खर्च गर्न थालेपछिको गति कस्तो होला ? यो नै अहम् सोचनीय विषय हो ।
त्यसैको एउटा छिद्र मेरो काँठमा पनि परिरहेको छ । विकास भनेको ठूला चिल्ला सडक, ठूला सिमेन्टेड घर भन्ने भइरहेको छ, भने विकसित मानिस भनेको विनापरिश्रम अर्थात् घर बसीबसी खानलाउन पाउने र हिँडडुल गर्नको लागि गाडी–घोडाको व्यवस्था गर्न सक्ने मानिस हो भन्ने भाव यत्रतत्र सर्वत्र फैलिँदै गएको छ । त्यसैको एउटा छिटा मेरो काँठले पनि धान्न परिरहेको छ ।
प्राकृतिक बस्तु माटो, ढुङ्गा, काठबाट बनेका प्रकृति अनुकूलित चारपाखे, गोल तथा सिकुवावाला बृहत् कालिगढी युक्त समय सान्दर्भिक बान्की परेका घरहरूमा ह्वात्तै सिमेन्ट र कङ्क्रिटले आक्रमण गरेको छ । केही काम नगरी खानुहुँदैन, अन्नले सराप्छ भन्ने सनातनी संस्कृतिमा आयातीत विलासिताले डयाम्मै अँगालो हालेको छ । यसलाई विकासको कस्तो मोडेल भनेर व्याख्या गर्ने ? कि विनाशको सम्मुख अवस्थित अवस्थाको रूपमा व्याख्या गर्ने ? यो विद्वान्वर्गले आ–आफ्नोतर्फबाट व्याख्या गर्नुहोला । मोटो पाटोमा भन्नुपर्दा नचाहँदा नचाहँदै यही आँखाको सामुन्ने नै मर्न लागेको हो मेरो काँठ ? भन्न मन लाग्यो ।
भएको प्रत्येक परिवर्तनलाई विकासको संज्ञा दिने जमात पनि बढेको पाइन्छ । उनीहरूको भनाइमा हालको अवस्थाबाट अर्को अवस्थामा जब फड्को मार्छ, तब विकासको जन्म हुन्छ । चाहे त्यो जस्तोसुकै किन नहोस् । यसलाई नै मान्ने हो भने पनि विकास भन्ने कुरा सकारात्मकताको पक्षपोषण गर्ने विषयसँग तादात्म्यता राख्ने हुन्छ । त्यसैले परिवर्तनलाई मात्र विकास भन्न सकिँदैन । विकासले परिवर्तन ल्याउन सक्छ तर परिवर्तनले विकासै ल्याउँछ भन्न सकिँदैन । विनाश पनि ल्याउन सक्छ । जहाँसम्म विकासको कुरा गरिन्छ त्यस वेला सकारात्क परिवर्तनको मूल प्रवाहलाई आत्मसात् गरेको हुन्छ । प्रत्येक उतारचढावले विगतको समीक्षा गर्दै आउँदा दिनको लागि सकारात्मक छाप छोड्न सक्दछन् भने सही मानेमा विकास भयो ।
मुड्खुढोका, काठमाडौं