• २०८३ बैशाख १९ गते शनिवार

जबरजस्ती करणी गरेको अभियोगमा रामेछापबाट पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १९,रामेछाप । ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उमाकुण्ड गाउँपालिका-७ बुन्देलडाँडा बस्ने ४१ वर्षीय माझी भन्ने बम बहादुर दमाईलाई प्रहरीले पक्राउ गरेको छ ।

बम बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय रामेछाप समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस