साउन ३१, काठमाडौं । मधेश प्रदेशमा करेन्ट लागेर मृत्यु हुनेहरुको तथ्याङ्क डरलाग्दो देखिएको छ । मधेश प्रदेश प्रहरीको तथ्याङ्क अनुसार बितेका तीनवटा आर्थिक वर्षमा मधेशका आठ वटा जिल्लामा करेन्ट लागेर तीन सय २४ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार गएको आर्थिक वर्ष एक सय १९ जनाको मृत्यु भएको थियो। जसमा ८४ जना पुरुष, १८ जना महिला, १३ जना बालक र चार जना बालिका छन् । यस्तै आर्थिक २०८०र०८१ मा ७० जना पुरुष, २२ महिला, पाँच बालक र एक बालिका गरी ९८ जनाले करेन्ट लागेर मृत्यु भएको थियो।
आर्थिक वर्ष २०७९र८० मा ८३ पुरुष १४ जना महिला, तीन बालक र सात बालिका गरी एक सय सात जनाको करेन्ट लागेर मृत्यु भएको थियो। धेरैजसो करेन्ट पानी तान्ने क्रममा लाग्ने गरेको पाइएको छ । त्यसमा पनि खेतमा मोटर चलाउने बेलामा करेन्ट लाग्ने घटना धेरै देखिएको प्रहरीले जनाएको छ । कतिपय किसानले पोलबाट सिधै तार जोडेर मोटर चलाउँदा करेन्ट लागेको पाइएको छ । घरायसी प्रयोजनका लागि चापाकल र डिप बोरिङमार्फत पानी निकाल्दा पनि करेन्ट लाग्ने घटना भएका छन् ।