• २०८३ जेष्ठ ७ गते बिहिवार

पाकिस्तानमा बाढी र पहिरो : एक सय ९० जनाभन्दा धेरैको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ३१, काठमाडौं । पाकिस्तानमा ठूलो वर्षापछि आएको बाढी र पहिरोका कारण एक सय ९० जना भन्दा धेरैको मृत्यु भएको छ । अस्ति बिहीवार यता बाढीरपहिरो र उद्धारमा खटिएको हेलिकप्टर समेत दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या एक सय ९९ जना पुगेको हो ।

सबैभन्दा धेरै क्षति खैबर पख्तुनख्वा प्रान्तमा भएको छ । जहाँ कम्तीमा एक सय ८० जनाको मृत्यु भएको पछिल्लो विवरण छ ।

त्यस्तै कश्मीरमा नौ जना र गिलगित–बाल्टिस्तान क्षेत्रमा पाँच जनाले मृत्यु भएको छ । उद्धार कार्य भइरहेका बेला मौसम खराब हुँदा हेलिकप्टर पनि दुर्घटना भएको छ । हेलिकप्टर दुर्घटनामा दुई पाइलटसहित पाँच जनाको मृत्यु भएको त्यहाँको विपद् निकायलाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ ।

सरकारले बुनर, बजौर, मानसेहरा, बट्टाग्रामलगायतका जिल्लालाई ‘विपद् प्रभावित क्षेत्र’ घोषणा गरेको छ । आज एक दिन राष्ट्रिय शोक घोषणा गरिएको छ । जलवायु परिवर्तनका कारण पाकिस्तानमा चरम मौसम घटना बढेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस