• २०८३ जेष्ठ ६ गते बुधवार

तामाकोशी नदी आसपासका बासिन्दालाई सतर्क रहन अनुरोध

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ३१, काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको जलाशय सफाइ कार्य सुरु भएकाले तामाकोशी नदीको तटीय क्षेत्र आसपासका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरिएको छ। दोलखा जिल्लाको बिगु गाउँपालिका–१ मा रहेको जलाशय आज बिहानदेखि बेलुका ८ बजेसम्म सफाइ गरिने भएको छ।

सफाइको क्रममा नदीको पानीको सतह घटबढ हुन सक्ने भएकाले नदी आसपासका स्थानीयवासीलाई सावधानी अपनाउन जलविद्युत् केन्द्रले आग्रह गरेको हो। आज दिनभर तामाकोशी नदीमा माछा मार्ने, नुहाउने, पौडी खेल्ने, लुगा धुने, वस्तुभाउ लैजाने, गिटीबालुवा निकाल्ने, गाडी तार्ने जस्ता काम नगर्न भनिएको छ ।

केन्द्रले लामाबगर, छेतछेत, गोंगर, जगत, टुनिटार, जामुने, भोर्ले, सिंगटी, नयाँ पुल, किर्ने, खिम्तीसहित सुनकोशी नदीको दोभानसम्म सतर्कता अपनाउन आग्रह गरेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस