• २०८३ जेष्ठ २ गते शनिवार

मारिएका ६ दुम्सीसहित ४ सिकारी पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ३०, काठमाडौं । जंगलमा दुम्सी मारेको आरोपमा महोत्तरीबाट चारजना पक्राउ परेका छन्। बर्दिबास-१० स्थित पूर्वपश्चिम राजमार्गसँगै रहेको लक्ष्मीनियाँ जङ्गलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला वन कार्यालय महोत्तरीले जनाएको छ। उनीहरू आधा दर्जन दुम्सीसहित पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा सर्लाहीको ईश्वरपुर नगरपालिका-३ भक्तिपुरका अरुण मिस्त्री, रामस्वरूप मिस्त्री, उमेश मिस्त्री र ध्रुव मिस्त्री छन्। जनकपुरबाट लालबन्दीतर्फ जाने क्रममा सर्लाहीका डिभिजनल वन अधिकृत सन्तोष झा नेतृत्वको टोलीले बुधबार राति मरेका ६ वटा दुम्सीसहित उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूको साथबाट दुम्सीसँगै बा ८८ प ११६० र बा ५६ प २२४० नम्बरको मोटरसाइकल पनि बरामद भएको वन कार्यालयले जनाएकाे छ। उनीहरूको साथबाट घरेलु हतियारसहित दुईवटा प्लास्टिकका बोरामा राखिएको ६ वटा मरेका दुम्सीसमेत बरामद गरिएको वन कार्यालयले जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस