साउन २७, काठमाडौं । रेडियो नेपालका पूर्वकार्यकारी निर्देशक अमरध्वज लामालाई यस वर्षको ‘फोनिज राष्ट्रिय पत्रकारिता सम्मान-२०८२’ प्रदान गर्ने भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को साउन २५ को निर्णयले वरिष्ठ सञ्चारकर्मी लामालाई सो सम्मान प्रदान गर्ने निर्णय गरेको हो ।

उहाँ सहित नेपाल टेलिभिजनका बरिष्ठ समाचार सम्पादक गजुरधन राईलाइ नगद ३१ हजार सहित ‘फोनिज राष्ट्रिय पत्रकारिता सम्मान(२०८२’ प्रदान गरिन लागिएको फोनिजका संघीय महासचिव समीर बलामीले बताउनुभयो । गजुरधन राई फोनिजका निवर्तमान अध्यक्ष र लामा निवर्तमान उपाध्यक्ष हुनुहुन्छ । महासचिव बलामीका अनुसार फोनिजले राई र लामा सम्मिलित १३ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ ।
फोनिजद्वारा साउन २६ गते जारी विज्ञप्तिमा यस वर्षको ‘फोनिज राष्ट्रिय पत्रकारिता प्रवास सम्मान’ मच्छे गुरूङ (अमेरिका) लाई प्रदान गरिनेछ । त्यसैगरी, फोनिज राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मान झापाबाट प्रकाशित हुने राजवंशी भाषाको त्रैमासिक पत्रिका ‘कोचिला समाद’ लाई प्रदान गरिने भएको छ ।
यस वर्षको ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार सिवन प्रियसन (दाङ), बन्दना दनुवार (उदयपुर) र मुनेश लायो मगर (सर्लाही) लाइ प्रदान गर्ने फोनिजद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । फोनिजले साउन २७ गते आयोजित २६ औं स्थापना दिवस समारोहमा सम्मान तथा पुरस्कार समर्पित गर्ने महासचिव समीर बलामीले बताउनु भयो ।