साउन २३, काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले यही साउन २७ गते प्रदेशसभाबाट विश्वासको मत लिनु हुने भएको छ ।

नेकपा एमाले र नेपाली कांग्रेसको समर्थनमा सरकार गठन गरेका कांग्रेस प्रदेश संसदीय दलका नेता बानियाँले संवैधानिक प्रावधान अनुसार विश्वासको मत लिन लाग्नुभएको हो । सभामुख भुवनकुमार पाठकले साउन २७ गते दिउँसो ४ बजे प्रदेशसभा बैठक बस्ने गरी मिति निर्धारण गर्नुभएको छ ।