• २०८३ बैशाख ५ गते शनिवार

नेपाल महिला फुटबलरले पराजित गरयो साउदीलाई

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २३, काठमाडौं । नेपालले एएफसी यु-२० महिला एसियन कप छनोट प्रतियोगितामा पहिलो जित हासिल गरेको छ । जितसँगै अर्को वर्ष थाइल्यान्डमा हुने एएफसी एसियन कपमा छनोट हुने नेपालले सम्भावना जिवित राखेको छ ।

शुक्रबार थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा सम्पन्न समूह ‘ए’को तेस्रो खेलमा नेपालले साउदी अरेबियामाथि १-० को झिनो जित हासिल गरेको हो । यो नतिजासँगै नेपाल दुई खेलमा चार अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । नेपालले पहिलो खेलमा घरेलु टोली भुटानसँग १-१ को बराबरी खेलेको थियो ।

लगातार दोस्रो खेलमा पराजित साउदी अरेबियाको भने एसियन कपमा छनोट हुने सम्भावना समाप्त भएको छ । अघिल्लो खेलमा साउदी अरेबियाले उत्तर कोरियासँग १५–० को लज्जास्पद हार बेहोरेको थियो ।

स्ट्राइकर मीना देउवाले पेनाल्टी अवसरलाई सदुपयोग गर्न नसकेपछि नेपालले पहिलो हाफमा अग्रता लिन सकेको थिएन ।

Sharing

प्रतिक्रिया दिनुहोस