असोज ९ दैलेख । नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले नेकपाको दुई तिहाईको सरकारले देशलाई अधिनायकवाद तर्फ धकेलेको आरोप लगाएका छन । बुधबार दैलेखको दुल्लुमा काँग्रेसको क्षेत्रिय कार्य समिति क्षेत्र नं.२ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महतले यस्तो बताएका हुन ।
महतले नेपालको प्रजातान्त्रिक समाजवादनै उत्तम रहेकाले सि जीङ पिङको विचारधारको गतिविधि सम्बन्धीका कार्यक्रमहरु अहिलेकाे सरकारले गर्न लागिरेहको जनाए । महतको राज्यका सवैधानिक सबै अंगहरु अहिलेका प्रधानमन्त्रीले आफ्नो मातहतमा राखेको पनि आरोप छ ।
अब काँग्रेस मुख भन्दा पनि रुख हेरेर एकजुट भएमा आउने चुनाव काँग्रेसको हातमा आउने अपेक्षा पनि महतले गरे । अहिलेको सरकारका गतिविधिको प्रतिरोध गर्न आफ्ना कार्यकर्ताहरुलाई आग्रह समेत गरेका थिए ।
कार्यक्रममा पुर्वराज्य मन्त्री शिवराज जोसीले दैलेखमा पनि काँग्रेसको जग बलियो पार्नुपर्ने जनाए । नेपाली काँग्रेसका दैलेख जिल्ला सभापति कृष्णकुमार विसीले नेकपाको सरकारले जनताको चाहनाअनुरुप काम गर्न नसकेकाले काँग्रेसहरु जाग्नुपर्ने जोड दिए ।