• २०८३ जेष्ठ २ गते शनिवार

स्कुटरको ठक्करबाट वृद्धको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ३२, झापा । दमक-१० स्थित जहदा टोलमा स्कुटरको ठक्करबाट स्थानीय ७७ वर्षीय देववहादुर श्रेष्ठको मृत्यु भएको छ । गए राति मे ७ प ३७८९ नम्बरको स्कुटरले ठक्कर दिँदा गम्भीर घाइते हुनुभएका उहाँको आज मृत्यु भएको हो ।

विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा आज श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस