असार ३१, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेभित्रको आफ्नो जिम्मेवारी आगामी दिनमा के हुन्छ भन्ने विषयमा केन्द्रीय कमिटीले निर्णय गर्ने बताउनुभएको छ ।

आज मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सोधिएका प्रश्नको जवाफ दिँदै उहाँले आफ्नो जिम्मेवारी कमिटीको बैठकले तय गर्ने प्रष्ट पार्नुभएको हो ।
आफलेू देशको सेवा गर्न पार्टीको सदस्यता नविकरण गरेको बताउँदै महाधिवेशन नभएसम्म केन्द्रीय कमिटी नै उपल्लो तहको नेतृत्व हुने बताउनुभयो । एमालेको विधान महाधिवेशनमा भाग लिने विषय सिन्द्धान्ततः दशौँ महाधिवेशनका प्रतिनिधिले नै भाग लिने भएका पनि केन्द्रीय सदस्य र प्रतिनिधि नयाँ थपिएकाले पार्टीले यसबारे निर्णय गर्ने पूर्वराष्ट्रपति भण्डारीको राय छ।