• २०८३ कार्तिक १३ गते बिहिवार

जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्ती भव्य रूपमा मनाउन मूल समिति गठन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ३१, काठमाण्डौ । जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीलाई संगठन र जनताको बहुदलीय जनवाद (जबज) विस्तारको महत्वपूर्ण माध्यम बनाइने भएको छ । आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा मदन भण्डारी फाउण्डेशनले २०८२ र २०८३ सालभरि विचार गोष्ठी, छलफल तथा अन्तरक्रिया, कविता, बादविवाद, हाजिरी जवाफ र खेलकूद प्रतियोगिता, सास्कृतिक कार्यक्रम, पुस्तक प्रदर्शनीजस्ता रचनात्मक क्रियाकलापका साथ मनाउने तथा २०८४ साललाई समीक्षासहित समापन वर्षकोरूपमा ऐतिहासिक रूपमा सफल पारिने निर्णय गरेको हो ।

यसका लागि फाउण्डेशनले बागमती प्रदेशका पूर्व मुख्यमन्त्री श्री डोरमणी पौडेलको संयोजकत्वमा जननेता मदन भण्डारी ७५औं जन्मजयन्ती मूल व्यवस्थापन समिति बनाउने निर्णय गरेको छ जसको संरक्षक्त्व स्वयं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुनेछ ।

जबजको महत्वपूर्ण आयामाहरुलाई साकार पार्न नयाँ पुस्ता, युवा समुदाय, श्रमिक किसान, महिला उत्पीडित समुदाय, बुद्धिजीवी लगायत सम्बद्ध सबै पक्ष कियाशील हुनसमेत फाउण्डेशनले आव्हान गरेको छ ।

यस्तो छ मूल व्यवस्थापन समिति:

Sharing

प्रतिक्रिया दिनुहोस