• २०८३ मङ्सिर ६ गते शनिवार

एएफसी महिला एसियन कप छनोट : नेपाल उज्बेकिस्तानविरुद्ध पहिलो हाफमा ३-१ ले पछाडि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २१, काठमाडौं । एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह एफको अन्तिम खेलमा नेपाल उज्बेकिस्तानविरुद्ध पहिलो हाफमा ३-१ ले पछाडि छ । उज्बेकिस्तानले खेलको दोस्रो मिनेटमा नै गोल गरेको थियो । ११औं मिनेटमा उज्बेकिस्तानले अग्रता दोब्बर पार्‍यो ।

कप्तानले बाँया भागबाट एक्लै बक्सभित्र लगेर प्रहार गरेको बल डिफेन्डर समीक्षा घिमिरेलाई लागेर गोल भएको थियो ।

२४औं मिनेटमा साबित्रा भण्डारीले गोल गर्दै नेपाललाई खेलमा फर्काउने प्रयास गरिन् । तर ३९औं मिनेटमा पेनाल्टीमार्फत शोएमोभले गोल गर्दै उज्बेकिस्तानको अग्रता फेरि बढाइन् । पहिलो हाफको इन्जुरी समयमा एन एर्गासेभाले दोहोरो पहेंलो कार्डसहित रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि उज्बेकिस्तान दोस्रो हाफमा १० खेलाडीमा सीमित रहेर खेल्ने भएको छ ।

यस खेलको विजेता टोली सन् २०२६ मा हुने एएफसी महिला एसियन कप फुटबलका लागि छनोट हुनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस