असार २०, चितवन। पूर्वी चितवनको बुढी राप्ती नदीमा माछा मार्ने क्रममा गोहीले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार बिहीबार राति ९ बजे रत्ननगर नगरपालिका–८ चित्रसारी निवासी २७ वर्षका अविशेक माझीलाई नदीमा गोहीले तानेको हो ।

स्थानीय ४५ वर्षीय राज कुमार माझीसँगै माछा मार्ने क्रममा अविशेकलाई गोहीले पानीमा तानेर डुबाएको थियो । घटनापछि नदीमा बेपत्ता अविशेकको घटनास्थल भन्दा दुई सय मिटर टाडा राति १ः२० बजे शव भेटिएको प्रहरीले जनाएको छ ।
बुढी राप्ती नदी घडियाल गोही बढी भएको नदी हो । रातिको समयमा यो नदीमा जोखिम मोलेर माछा मार्न जानुनै गलत भएको स्थानीय बताउछन् ।