• २०८३ जेष्ठ २३ गते शनिवार

पञ्चमहालक्ष्मी मन्दिरमा ज्ञान महायज्ञ हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १७, भक्तपुर। चाँगुनारायण नगरपालिकाको छालिङमा यही असार २२ देखि आगामी कात्तिक १९ गतेसम्म चातुर्मास्य ज्ञानमहायक्ष सञ्चालन हुने भएको छ ।

श्रीवन धाममा रहेको पञ्चमहालक्ष्मी मन्दिरको अक्षयकोष स्थापनाका लागि उक्त यज्ञ हुन लागेको हो । सङकल्पकर्ता अनन्त श्रीविभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य, आचार्य सुदर्शन बडाललगायतले कथा वाचन गर्नुहुनेछ ।

असार महिनाको हरिशयनी एकादशीमा आरम्भ भइ कात्तिक महिनाको हरिबोधिनी एकादशीपछिको पूर्णिमासम्म यज्ञ सञ्चालन हुने महायज्ञ मूल आयोजक समितिका संयोजक स्वामी श्रीवासुदेव प्रपन्नाचार्यले जानकारी दिनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस