आश्विन २ काठमाडौँ, आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ । छापावाला सुन ६ सयले घटेर प्रतितोला ७० हजार ७ सयमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोला ७० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।चाँदी पनि आज १५ रुपैयाँले घटेर प्रतितोला ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।