• २०८३ बैशाख १७ गते बिहिवार

राष्ट्रियसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १२, काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकको शून्य समयमा सदस्य कृष्णबहादुर रोकायाले आकर्षक रोजगारको लोभमा भारतको उत्तराखण्डमा पुर्‍याइएका केही युवाको उद्धार गरी ल्याइएकाले लैजानेलाई खोजी गरी कारबाही गर्न माग गर्नुभयो ।

सदस्य कृष्णप्रसाद अधिकारीले नवलपरासी दाउन्ने सडकमा भएको समस्या शीघ्र समाधान गर्न माग गर्दै गत वर्षको वर्षाद्मा पुगेको क्षतिको पनि अझै पुनःनिर्माण हुन नसकेकाले यो वर्षका लागि हुनसक्ने विपद्को पूर्वतयारी गर्न माग गर्नुभयो । सदस्य सावित्री मल्लले दैलेखमा भेटिएको एक अर्ब १२ करोड घनमिटर ग्यासको सदुपयोग हुनुपर्नेमा जोड दिँदै यसले देशको आर्थिक समृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस