- सागर थापा
भदौ ३०, दाङ । जिल्ला प्रहरी कार्यालय दाङले तीन किलो ३ सय ग्राम अफिमसहित एक जनालाई महिलालाई पक्राउ गरेको छ ।

रोल्पाको थबाङ गाउँपालिका २ निबासी हाल घोराही ३ गोग्लीमा डेरा गरी बस्ने २२ बर्षकी नबीना रोका घर्तीलाई तीन किलो तीन सय ग्राम अफिमसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।जिल्ला प्रहरी कार्यालय दाङले नबीनालाई घोराही १४ मा रहेको बिर माया पुनको डेराबाट गोप्य सूचनाको आधारमा सिबिल प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी बिनोद बिक्रम शाहले जानकारी दिनुभएको छ ।