असार २, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको बेल घेराउको बिरोधका बाबजुद पनि संसद जारी रहेको छ । रास्वपाका सांसदहरू बेल घेराउ गर्दै भुइमा बसेका छन तर सभामुख देवराज घिमिरेले भने संसद निरन्तर चलाइरहेका छन् । उता, राष्ट्रिय प्रजातन्त्र पार्टी भने बैठक बहिस्कार गरेर हिडेको छ । अहिले संसदमा अर्थ मन्त्रीले पेश गरेको बजेट माथी सांसदहरूले छलफल गरिरहेका छन् ।


