भाद्र २९, काठमाडौं । सुनको मूल्य आइतबार (भदौ २९) घटेको छ ।

तोलामा ४ सय रुपैयाँले घटेको सुन ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थिए ।
यता, चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले घटेको छ । आज चाँँदी ८ सय ४० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुन चाँँदी व्यवसायी महासंघले जनाएको छ ।