• २०८३ बैशाख २६ गते शनिवार

जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २३, काठमाडौं । कीर्तिपुर नगरपालिका– ५ राराहिल स्थित एनडब्लुए नेवारी खाजा घरमा जुवातास खेलिरहेको जुवाडेहरू पक्राउ परेका छन् । जुवा खेलाइरहेका खाजा घरका संचालक सोही ठाउँ बस्ने ३९ वर्षीय राकेश महर्जन समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ७ हजार ७ सय ३५ रूपैयाँ र तास ३ बुक सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस