• २०८३ जेष्ठ ६ गते बुधवार

अपाङ्गता भएकी महिलालाई एक लाख सहयोग

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस १, पाल्पा । जापानी समाजसेवी काजुमासा काकिमी (ओके बाजे)ले अपाङ्गता भएकी एक महिलालाई रु एक लाख सहयोग गर्नुभएको छ । तानसेन नगरपालिका–५ कैलाशनगरकी तारा अर्याललाई उहाँले उक्त सहयोग गर्नुभएको हो ।

एक कार्यक्रममा उक्त सहयोग अर्याललाई हस्तान्तरण गरिएको थियो । सो अवसरमा तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले अपाङ्गता भएकी महिलालाई आर्थिक सहयोग गरेकामा काकिमीलाई धन्यवाद दिनुभयो । अपाङ्गता भएका व्यक्तिलाई समाजमा सम्मान र अवसर दुवै आवश्यक भएको उहाँको भनाइ थियो ।

काकिमीले पाल्पामा शिक्षा तथा खानेपानीमा नागरिकको पहुँच विस्तारका लागि आर्थिक सहयोग गर्दै आउनुभएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस