• २०८३ बैशाख २० गते आइतवार

जोकोभिचले जिते करियरको १००औं एकल उपाधि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ११, काठमाडौं । टेनिस खेलाडी नोभाक जोकोभिचले जेनेभा ओपन जितेर इतिहास रचेका छन् । जेनेभा ओपनको फाइनलमा जोकोभिचले ह्युबर्ट हुर्काजलाई ५–७, ७–६ (२), ७–६ (२) ले पराजित गर्दै आफ्नो करियरको १००औं एकल उपाधि जितेका छन् ।

सर्बियाली स्टार जोकोभिच अब सय एकल उपाधि जित्ने तेस्रो खेलाडी बनेका छन् । उनी भन्दा अगाडी जिमी कोनर्सले १०९ र रोजर फेडेरर १०३ एकल उपाधि जितेका छन् ।जोकोभिचले हालसम्म २४ ग्राण्ड सलाम जितेर शिर्ष स्थानमा रहेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस