• २०८३ असार ५ गते शुक्रवार

सुन जस्तो देखिने धातुसहित बिमानस्थलवाट एक पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ६, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटबाट भन्सार छली गरी लुकाई छिपाई लैजान लागेको २५ ग्राम तौलको सुन जस्तो देखिने धातुको सिक्री १ थानसहित एकजना पक्राउ परेका छन्। । कास्की पोखरा महानगरपालिका–११ राधाकृष्ण टोल घर भएका ४८ वर्षीय दिपक केसीलाई प्रहरीले पक्राउ गरेको हो ।

हिमालय एयरलाईन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका दिपकलाई जाँच गर्ने क्रममा उक्त धातु, ल्याप्टप १ थान र मोबाइल ५ थान सहित फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस