• २०८३ जेष्ठ ९ गते शनिवार

प्रस्तावक र समर्थक नपाएका सुहाङले भने- मैले अपेक्षा गरेअनुसार भएन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १८, काठमाडौं । नेकपा एमालेका सांसद एवं युवा नेता सुहाङ नेम्वाङले आफूले अपेक्षा गरेअनुसार परिणाम नआएको बताएका छन् । संसदीय दलको नेता चयनमा उम्मेदवार दिन समेत असफल भएका नेम्वाङले प्रतिक्रिया दिदै आफुले एक पाइला चालेको बताउदै अब यस्ता पाइला चाल्दै जाने बताएका हुन् ।

संसदीय दलमा सुहाङले प्रस्तावक र समर्थक बस्न अन्य संसदहरुले अस्वीकार गरेपछि उम्मेदवारी दर्ता गर्न असफल भएका थिए । उनले सञ्चारकर्मीसँग भने- ‘मभन्दा अर्को उम्मेदवार संसदीय दलको नेता हुन योग्य छ भन्ने खालको नतिजा आएको छ ।’

साथै सुहाङ संसदमा प्रवेश गर्दा सत्ता र प्रतिपक्षको सोचभन्दा माथि उठेर देश र जनताको हितमा काम गर्नुपर्ने आफुले बताउदै आएको उल्लेख गर्दै सरकारले गरेका राम्रा कामहरुलाई हामीले सहयोग पुर्याउनुपर्ने बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस