जेठ ६, काठमाडौँ । राष्ट्रिय युवा संघका पुर्व अध्यक्ष बचन बहादुर सिहंले काठमाडौ महानगरका मेयर बालेन साहको पछिल्लो स्टाटस प्रति कटाक्ष गरेका छन । गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा मूल समारोह समिति गठनका विषयमा बालेनको दिएको अभिव्यक्ति प्रति सिहंले सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गरेका हुन ।

राष्ट्रिय युवा संघका पुर्व अध्यक्ष सिहंले सामाजिक सञ्जालमा लेखेका छन : मेयर बालेन दिनप्रतिदिन काठमाडौंका जनता र ब्यवस्थाप्रती अनुत्तरदायी हुँदै गएका देखिन्छन। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा मेयर शाह आफु अनुपस्थित रहने अनि चोरले झैं सामाजिक सन्जालको माध्यबाट आफ्नो अकर्मण्यता लुकाउन असभ्यता र निर्लज्ज्ता प्रदर्शन गर्छन।
निर्वाचनका बेला जनतासङ्ग सिष्टम सुधार्छु भन्ने बालेन अहिले सार्वजनिक कार्यक्रममा नजाने र अफिसमा पनि आफ्ना भक्तजन बाहेक कसैसँग भेटघाट गर्दैनन अनि अरुलाई आरोपित गर्ने रोगबाट ग्रस्त देखिन्छन। नेपालको सम्बिधानले तिनवटै सरकारले आफ्ना एकल अधिकार बाहेक एकअर्का सङ्ग समन्वय गर्नुपर्ने प्रष्ट ब्यवस्था गरेकोछ तर बालेनले ३ वर्ष आरोपप्रत्यारोपमै समाप्त गरे अझै सुधार हुने कुनै संकेत देखिदैन। समस्या आफुमा छ अनि समाधान अरुमा देखेर समस्याको हल हुन्छ त रु तथ्यांकअनुसार सबैभन्दा भ्रष्ट पालिका आफ्नो छ तर भ्रष्टाचारको आरोप उनी अरुलाई लगाउछन त्यो पनि मध्यरातमा, उनी यतिधेरै समस्याग्रस्त भैसकेका छन कि अब कसैसँग पनि फेस गर्न सक्ने अवस्थामा छैनन त्यसैले रात्रीकालिन कार्यक्रम बाहेक दिनमा हुने कुनैपनी कार्यक्रममा उपस्थित हुन डराउछ्न।
प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसलाई भव्यताका साथ जनस्तरमा समेत मनाउन आव्हान गर्दै यसलाई केवल औपचारिकतामा सीमित नराख्न आग्रह गरेका छन । यस्ता मूल समारोह समितिमा पदेन रहनुपर्ने व्यक्ति (पदाधिकारी) हरु पटक पटक अनुपस्थित रहने स्थिति अन्त्य गर्न निर्देशनसमेत दिए । उक्त समितिका पदेन सदस्य रहेका काठमाडौं महानगरपालिका मेयर बालेन साह भने बैठकमा उपस्थित भएनन् ।
मेयर बालेन साहले तत्काक सामाजिक सञ्जालमा सरकारको विरोत्र गदै पोष्ट गरेका थिए ।