• २०८३ जेष्ठ १६ गते शनिवार

सन्दीप लामिछानेले तोडे क्यानसँगको सम्झौता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ३१, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) सँगको सम्झौतालाई निरन्तरता दिन नसकिने बताएका छन् ।

‘धेरै सोच विचारपछि मैले यसपटक नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौतामा नरहने निर्णयमा पुगेको छु,’– उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

आज (बुधबार) क्यानले स्कटल्याण्डमा हुने आगामी सिरिजमा खेल्ने नेपाली टोलीलाई विदाइ गरेको केही समयपछि सन्दीपले यस्तो उद्घोष गरेका हुन् । लामिछानेले आफूलाई क्यानले निरन्तर सहयोग गरेको भन्दै धन्यवादसमेत व्यक्त गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस