- बिनोद दर्नाल खबर24नेपाल समाचारदाता
भदौ २६, सुनसरी । गए राती करिव १० बजेको समयमा धरान उपमहानगरपालिका वडा न. ५ देउराली बस्ने ३३ बर्ष कि नरवती राईको आफ्नै घरबाट सूनचादीका गरगहना चोरि भएको छ । राई आफ्नो घरमा छोरा सुताई काम बिषेसले केही समयको लागी छिमेकीको घरमा गई फर्कि आउदा नरवती राईले आफ्नो घरबाट जिल्ला गरगहना चोरि भएको थाहा पाएकी थिइन।

सुनसरी धरान ५ बस्ने ३६ बर्सिय सुर्य बहादुर बिश्वकर्मा र सोही ठाउँ बस्ने ३३ बर्सिय भक्त बहादुर बिश्वकर्मा निस्केको देखी किन मेरो घरमा पस्नु भएको भनि नरवती राईले सोध्दा तिनीहरु नबोली भागेका थिए । भागे पछी संका लागेर राईले आफ्नो घर भित्र गई हेर्दा घरकोठामा रहेको दराजमा राखेको सुनका गहना जन्तर १ थान, तिलहती १ थान, सुनको जुनतारा १ थान, ब्रासलेट १ थान, औठी १ थान, पिजडा १ जोर, बेरुवा औठी १ थान समेत जम्मा तौल ३ तोला ५ आनी २ लालको मुल्य रु.२,३८,५७८।- र चादिका गहना ब्रासलेट २ तान, सिक्री १ थान मुल्य रु.५,९५५।- पर्ने गरगहान नभई चोरी भएको थाहा पाएकी थिइन । राईले उक्त घटना थाहा पाएपछी ईलाका प्रहरी कार्यालयमा निबेदन दिएकी थिइन । निबेदन अनुसार सुर्य बहादुर बिश्वकर्मा र भक्त बहादुर बिश्वकर्माको खोजतलास गरी उनिहरु को शरिर खानतलासी गर्दा चोरी गरेको सुन चाँदी गहना बरामद भएको छ । आरोपित दुबै जनालाई पक्राउ गरी चोरी मुद्दामा सुनसरी जिल्ला अदालतबाट थुनाम राख्न म्याद थप अनुमती लिई थप अनुसन्धान कार्य भै रहेको धरान ईलाका प्रहरी कार्यालयका डि एस पि ढुण्डिराज न्यौपाने ले जानकारी दिनु भयो ।
नजिकिदै गरेको चार्ड पर्वमा चोरी हुने सम्भावना बढ्ने भएको हुदा आफ्नो घरको झ्याल ढोका तथा घर भित्र दराज लगायतमा राम्रो संग बन्द गरी ताला लगाई सुरक्षित गरी घरबाट बाहिर जाना हुन, रातको समयमा घरको झ्यालढोका राम्रो संग लगाई सुत्न हुन, लामो समय घरबाट बाहिर जाँदा प्रहरीलाई सुचना दिई जान र , आफ्नो धनमालको सुरक्षामा संबेदनसिल हुन र शंखा लागेका ब्यक्ती घर गाउँमा देखा परे प्रहरीलाई सुचना दिन समेत सर्वसाधारणलाई ईलाका प्रहरी कार्यालय धरानले अनुरोध गरेको छ ।