• २०८३ बैशाख २२ गते मङ्गलवार

एनएसएल : पोखरा थन्डर्स तेस्रो प्ले अफमा पुग्न सफल

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

बैशाख २, काठमाडौं । पोखरा थन्डर्स तेस्रो नेपाल सुपर लिग (एनएसएल) को प्ले अफमा पुग्न सफल भएको छ। बुटवल लुम्बिनीलाई आज २-० ले हराउँदै पोखरा लिगको तेस्रो स्थानमा उक्लिएको छ।

Ncell Nepal Super League 2025:
Match between Poharaka Thunders FC and Butwal Lumbini FC at Dasharath Stadium in Kathmandu on Tuesday 15.April.2025.
Photo: Udipt Singh Chhetry/USC Images Production

यो सँगै पोखराले काठमाडौं रेजर्सलाई गोल अन्तरमा पछि पार्दै प्ले अफमा स्थान सुरक्षित गरेको हो। पोखराको जितपछि झापा लिगबाट बाहिरिने दोस्रो टोली बन्यो। अब एफसी चितवन र पोखरा मध्ये एक टोली प्ले अफमा पुग्नेछ। आज पोखरालाई हराउन आयुष घलान र विलियम बियासीले गोल गरे।

प्ले अफमा पुग्न पोखरालाई आज जितको विकल्प थिएन । बराबरीले पनि प्ले अफको संभावना समाप्त हुने थियो। गर या मरको अवस्थामा पोखरा थियो। जहाँ पोखरा खेल अवधिभर हाबी रह्यो। ठीक विपरीत बुटवलको प्रदर्शन निराशाजनक रहयो।

खेलको १० औं मिनेटमा नै पोखराले अग्रता बनायो। समिर तामाङले बक्सको एजबाट दिएको पासमा डिफेन्डरहरु बक्स भित्र नै थिए। तर पनि आयुष अनमार्क थिए। आयुषको फ्रि हेडर सहजै गोलमा परिणत भयो।

त्यसको एक मिनेटपछि पनि पोखराका कप्तान नवयुग श्रेष्ठले बक्सभित्रबाट हानेको प्रहार पोष्ट नजिकैबाट बाहिरियो।

खेलको २२ औं मिनेटमा पोखराले अर्को मेका गुमायो। आयुषको पासमा किपर दीप कार्कीसँगको वान भर्सेस वानमा समिर चुके। दीपले खुट्टाले ब्लक गरिदिए।

एकपक्षीय खेलको २९ औं मिनेटमा जो आइडुको लामो पासमा नवयुगको हेडरलाई गोलकिपर दीपले पन्च गरेर बचाए। लगतै ३२ औं मिनेटमा नवयुगको क्रसमा समिरले चेस्ट कन्ट्रोल गर्दै हानेको प्रहार बाहिरियो।

खेलको ३५ औं मिनेटमा आयुषको कर्नरमा स्टेफन समिर बिनोङले दुई डिफेन्डरलाई बिट गर्दै दिएको सटिक पासमा साडिस्टोन जाफारोभले क्लोज रेन्जबाट हानेको लेफ्ट फुटेट सटलाई गोल किपर दीपले सहजै कलेक्ट गरे। पहिलो हाफ १-० को नतिजामा सकियो।

दोस्रो हाफको ५८ औं मिनेटमा जो आइडोले बक्स बाहिरबाट हानेको पावरफुल प्रहारलाई गोलकिपर दीपले डाइभ गर्दै मुस्किलले बचाए। प्राप्त कर्नरमा पोखराले गोल गर्यो। नवयुगको कर्नरमा विलियम बियासीको हेडरले सही दिशा लियो। पोखरा २-० को अग्रता बनाउन सफल भयो।

इन्ज्युरी समयमा बुटवलका मनिष डाँगीको प्रहारलाई गोल किपर ग्याल्मो प्रिसोले रोके। रिबाउन्डमा केन्टा हानेको प्रहार बाहिरियो। खेल पोखराले २-० ले जित्यो।

पोखराले लिग चरणको ६ खेलमा २ मा जित, २ मा बराबरी र २ मा हारको नतिजा निकाल्यो। ८ अंक सहित गोल अन्तरमा काठमाडौं रेजर्सलाई पछि पार्दै लिगको तेस्रो स्थानमा उक्लियो। लगातर दुई खेल हारेपनि पोखरा सानदार कम्ब्याक गर्न सफल रहयो।

बुटवल जित विहिन हुँदै अंक तालिकाको पुछारमा रहँदै बाहिरियो। उसले १ खेलमा बराबरी र ५ खेलमा हार बेहोर्यो।

Sharing

प्रतिक्रिया दिनुहोस