• २०८३ बैशाख २८ गते सोमवार

आइपिएल : रोयल च्यालेञ्जर्स बेंगलुरुले दिल्ली क्यापिटल्सलाई जितको लागि दियो १ सय ६४ रनको चुनौति

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २८, काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसिबी) ले दिल्ली क्यापिटल्सलाई जितको लागि १ सय ६४ रनको चुनौति दिएको छ। टस जितेर दिल्लीले फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको आरसिबीले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६३ रन बनायो। आरसीबीले ब्याटिङमा संघर्ष गर्यो। कुनै पनि खेलाडी क्रिजमा जम्न सकेनन्।

ओपनर फिल साल्टले ३७ रन बनाए। उनले १७ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। यसपछि आठौं क्रमका टिम डेबिट अविजित ३७ रनमा रहे। कप्तान रजत पाटीदारले २५ रन, विराट कोहलीले २२ रन र क्रुनाल पाण्ड्येले १८ रन जोडे। अन्यले दोहोरो रन छुन सकेनन्। बलिङमा विपराज निगम र कुलदीप यादवले समान २ विकेट लिए।

दिल्लीले ३ खेलमा शतप्रतिशत नतिजा निकालेको छ। ३ खेल जितेको दिल्ली ६ अंक सहित अंक तालिकाको दोस्रो स्थानमा रहेको छ।

दिल्ली लगातार चौंथो जित निकाल्ने दाउमा रहेको छ। आरसिबी अंक तालिकाको तेस्रो स्थानमा छ। आरसिबीले ४ खेलबाट ६ अंक बनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस