• २०८३ जेष्ठ ७ गते बिहिवार

सडकका तीनवटै लेन कब्जा गर्न खोजेपछि शिक्षक र प्रहरीबिच विवाद

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २८, काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै नेपाल शिक्षक महासंघले बिहीबार पनि काठमाडौँमा प्रदर्शन गरेको छ । महासंघले काठमाडौँको माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन गरेका हुन् ।


यसअघि आन्दोलन शान्तिपूर्ण रहँदै आएकोमा आज भने शिक्षकहरूले सडकका ३ वटै लेन कब्जा गर्न खोज्दा प्रहरीसँग विवाद भएको छ । सरकारले विगतमा पटक–पटक गरेको सहमति र सम्झौताको कार्यान्वयन गर्दै शिक्षा ऐन जारी गरिनुपर्ने मागसहित शैक्षिक हडताल गर्दै शिक्षकहरू आन्दोलनरत छन् ।

महासंघले संसद्को वर्षे अधिवेशन तत्कालै सुरु गर्ने, विशेष अधिवेशन आह्वान गर्ने वा अध्यादेश जारी गर्नेमध्ये एउटा विकल्पमार्फत विद्यालय शिक्षा ऐन जारी गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस