• २०८३ बैशाख ११ गते शुक्रवार

आइपिएल : गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई लागि दियो २ सय १८ रनको चुनौति

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

चैत २७, काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको चुनौति दिएको छ। नरेन्द्र मोदी स्टेडियममा टस जितेर राजस्थानले गुजरातलाई ब्याटिङको लागि उतार्यो। गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो।

ओपनर शुभमन गिल २ रनमा जोफ्रा आर्चरको बलमा आउट भए। यसपछि ओपनर साई सुदर्शन र जिश बटलरले दोस्रो विकेटको लागि ८० रनको साझेदारी गरे। बटलर ३६ रनमा आउट भए।

यसपछि साहरूख खानले पनि साई सुदर्शनसँग तेस्रो विकेटको लागि ६२ रनको साझेदारी गरे। साहरूख पनि ३६ रनना आउट भए।

क्रिजमा टिकेका साई ३२ बलमा ५ चौका र २ छक्का प्रहार गर्दाे अर्धशतक बनाए। उनी १९ औं ओभरको दोस्रो बलमा कुल ८ चौका र ३ छक्काको मद्दतमा ८२ रन जोडेर आउट भए। उनले ५२ बल खेले।

राहुल टेवाटिया अविजित २४ रनमा रहे। उनले १२ बल खेल्दै २ चौका र २ छक्का प्रहार गरे। बलिङमा तुसार देशपाण्डे र महिश थेकसानाले समान २ विकेट लिए। यसैगरी जोफ्रा आर्चर र सन्दीप शर्माले समान विकेट झारे।

गुजरात टाइटन्स अहिले अंक तालिकाको दोस्रो स्थानमा छ। उसले ४ खेलबाट तीन जित सहित ६ अंक बनाएको छ।

राजस्थानले ४ खेलमा २ जित र २ हार बेहोरेको छ। उसँग ४ अंक रहेको छ। गुजरात चौथो र राजस्थान तेस्रो जित निकाल्ने दाउमा छन्।

यी दुई बीच यसअघि ६ पटक प्रतिस्पर्धा भएको छ। ५ पटक गुजरातले र १ पटक राजस्थानले खेल जितेको‌ छ।

Sharing

प्रतिक्रिया दिनुहोस