• २०८३ बैशाख २३ गते बुधवार

भरूवा बन्दुक सहित एक जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २५, धनकुटा। भरूवा बन्दुकसहित एकजना पक्राउ परेका छन् । छथरजोरपाटी गाउँपालिका–३ करून्जेबाट एकनाले भरूवा बन्दुक १ थान सहित एकजना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सोही गाउँपालिका–४ तेलिया बस्ने २८ वर्षीय रामकृष्ण लिम्बुलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी जोरपाटी बजारबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस