• २०८३ जेष्ठ २२ गते शुक्रवार

अफगानिस्तानले नेपाललाई दियो १६९ रनको लक्ष्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २४, काठमाडौं । नेपाल यू-१९ लाई अफगानिस्तान यू-१९ ले जितका लागि १६९ रनको लक्ष्य दिएको छ। मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको अफगानिस्तान यू-१९ ले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै १६८ रन बनायो।

अफगानिस्तानका लागि कप्तान महबुब खानले सर्वाधिक ५८ रन बनाए। उनले ११४ बल खेल्ने क्रममा एक चौका प्रहार गरे। साथै ओपनरद्वय उजैरुल्लाह नियाजाईले १९ र खालिद अहमदजाईले १० रन बनाए। उसका लागि रोहुल्ला अरबले २७ रन बनाउँदा फैजल खान सिनोजादा र बर्खत इब्राहिमजाई शून्य रनमा आउट भए। नाजिफुल्लाह अमिरीले १६, जाइतुल्लाह शाहिनले २, खातिर स्तानिकजाईल ११ रन, वाहिदुल्लाह जार्दानले ८ र हफिजुल्लाह जार्दानले ५ रनको योगदान दिए।

नेपालका लागि सन्तोष यादवले तीन, चिवरिन श्रेष्ठ र विपिन शर्माले दुई-दुई विकेट लिए। साथै अभिषेक तिवारी र अपराजित पौडेलले एक-एक विकेट लिए।

यू-१९ पुरुष विश्वकपको एसिया छनोटको तयारी स्वरुप नेपाल र अफगानिस्तानबीच अभ्यास खेल्न भइरहेको हो। यसअघि बिहीवार भएको पहिलो अभ्यास खेलमा नेपाल अफगानिस्तानसँग १३० रनले पराजित भएको थियो।

दुई टोलीबीचको तेस्रो अभ्यास खेल आगामी बुधबार हुने तालिका छ। आगामी साता नेपालमा आयोजना हुने एसिया छनोटमा नेपाल र अफगानिस्तानसँगै हङकङ, यूएई र ओमानले प्रतिस्पर्धा गर्दैछन्।

Sharing

प्रतिक्रिया दिनुहोस