• २०८३ जेष्ठ १८ गते सोमवार

प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

चैत १९, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेका छन । उनी आज दिउँसो १ बजे थाइल्याण्डको राजधानी बैंककतर्फ प्रस्थान गरेका हुन।

कुटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षपछि नेपालको प्रधानमन्त्रीको पहिलो पटक थाइल्याण्डको औपचारिक भ्रमण भएको हो ।

प्रधानमन्त्री ओलीले नेपालीको निकट छिमेकी बाहेकका देशहरुको भ्रमणमा  ‘गेट–वे’ को रुपमा रहेको बैंककमा अहिलेसम्म औपचारिक भ्रमण नभएको सन्दर्भमा यो भ्रमण आफैंमा महत्वपूर्ण भएको प्रधानमन्त्री ओलीले बताएका छन् ।

सो भ्रमणका क्रममा प्रधानमन्त्री ओलीको र थाइल्याण्डका नरेश र समकक्षीसँग भेटवार्ता हुनेछ । भ्रमणका अवसरमा पर्यटन र संस्कृतिका सन्दर्भमा समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।  दुबै देशका प्रधानमन्त्रीको उपस्थितिमा गैरसरकारी क्षेत्रबीच ६ समझदारी पत्रमा हस्ताक्षर हुने जनाइएको छ ।  साथै, थाइल्याण्डका प्रतिष्ठित व्यावासायीहरुसँग छलफल गर्ने र एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा सम्बोधन जानकारी दिए ।

प्रधानमन्त्री ओलीले बिस्टेक शिखर सम्मेलनलाई चैत २२ गते गर्ने छन । सम्बोधनलगत्तै बाँकी मुलुकका नेताहरुसँग सम्भव भएसम्म साइडलाइन वार्ता गर्ने जनाइएको छ ।

प्रकाशमान सिंह कार्यबहाक प्रधानमन्त्री
उपप्रधान तथा सहकारी बिकास मन्त्री प्रकाशमान सिंहले कार्यकारी प्रधानमन्त्रीको जिम्मेवारी प्राप्त गर्नु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली थाईल्याण्ड भ्रमणमा गए पछि सिंहले सो जिम्मेवारी प्राप्त गरेका हुन् । राष्ट्रपति रामचन्द्र पाैडेलले उनकाे जिम्मेवारी ताेकेका हुन् ।

प्रधानमन्त्री ओलीले मित्रराष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरे पछि कार्यबहाककाे साे जिम्मेवारी उनकाे काँधमा परेकाे हाे ।

Sharing

प्रतिक्रिया दिनुहोस