चैत १५, काठमाडौं । लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा पहिलो जित हात पारेको छ । लखनउले सनराइर्जस हैदराबादलाई ६ विकेटले परजित गर्यो । १ सय ९१ रनको लक्ष्य लखनउले १६.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

Pat Cummins of Sunrisers Hyderabad and Rishabh Pant of Lucknow Super Giants at the toss during match 7 of the Indian Premier League season 18 (IPL 2025) between Sunrisers Hyderabad and Lucknow Super Giants held at the Rajiv Gandhi International Stadium, Hyderabad on the 27th March 2025
Photo by Faheem Hussain / Sportzpics for IPL
लखनउको जितमा निकोलस पुरनले २६ बलमा समान ६ छक्का र चौकासहित सर्वाधिक ७० रन जोडे । दोस्रो विकेटका लागि मिचेल मार्शसँग पुरनले १ सय १६ रनको शतकीय साझेदारी गरे । मार्शले ३१ बलमा ७ चौका र २ छक्काको सहयोगमा ५२ रन बनाए ।
कप्तान ऋषभ पन्त १५ बलमा १५ रनमा आउट हुँदा अब्बदुल समाद ८ बलमा २ चौका र २ छक्काको सहयोगमा २२ रनमा अविजित रहे । आयुष बदोनी ६ रनमा आउट हुँदा डेबिड मिलर १३ रनमा अविजित रहे ।
हैदराबादका लागि कप्तान प्याट कमिन्सले २ तथा मोहम्मद सामी, हर्षल पटेल र एडम जाम्पाले समान १ विकेट लिए ।
त्यसअघि घरेलु मैदान राजिव गान्धि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ९० रनको योगफल तयार गर्यो ।
हैदराबादका लागि ओपनर ट्राभिस हेडले सर्वाधिक ४७ रन जोडे । उनले २८ बलको सामना गर्दै ५ चौका र ३ छक्का प्रहार गरे । अनिकेत बर्मा १३ बलमा ५ छक्काको सहयोगमा ३६ रन जोड्दै आउट भए ।
नितिश कुमार रेड्डि २८ बलमा ३२, हेनरिक क्लासेन १७ बलमा २६ तथा अभिषेक शर्मा ६ रनमा आउट भए ।
पहिलो खेलमा राजस्थान रोयल्सविरुद्ध शतक बनाएका इशान किशन पहिलो बलमा नै आउट भए । कप्तान कमिन्स ४ बलमा ३ छक्काको सहयोगमा १८ रन जोड्दै आउट भए ।
लखनउको लागि शार्दुल ठाकुरले ४, आवेश खान, दिग्वेश राठी, रवि बिष्नोई र प्रिन्स यादवको नाममा समान १ विकेट गरे ।
प लखनउ पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग पराजित भएको थियो । हैदराबादले पहिलो खेलमा राजस्थानलाई हराएको थियो।