• २०८३ बैशाख १० गते बिहिवार

मुग्लिङ-नागढुङ्गा सडकखण्ड तीन दिन रातिमा बन्द हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १६, काठमाडौं । मुग्लिङ-नागढुङ्गा सडकखण्ड तीन दिन रातिमा बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले सुचना प्रकाशित गर्दै चितवनको इच्छाकामना गाउँपालिका-४ को घोप्टेभिर लगायतका विभिन्न स्थानहरुमा सडक स्तरोन्नतीको कार्य गर्नका लागि चैत्र १७ देखि चैत्र १९ गतेसम्म राती १० बजेदेखि बिहान ४ बजेसम्म अत्यावश्यक सेवा बाहेकका सबै प्रकृतिका सवारी साधनहरुको आवागमन बन्द रहने जानकारी दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस