फागुन २७, काठमाडौं । तारकेश्वरको शिवपुरी जंगलमा एक पुरूष मृत भेटिएका छन्। तार्केश्वर नगरपालिका-६ धर्मस्थली बस्ने ५८ वर्षीय कान्छा महर्जन मृत भेटिएका हुन्।
उनलाई मंगलबार तार्केश्वर नगरपालिका-३ को पाँचमाने शिवपुरी जंगलमा मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराले जानकारी दिए।
उनी फागुन १० गतेदेखि हराइरहेको परिवारले बताएका छन् । उनको शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको एसपी बोहोराले बताए।
यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।