• २०८३ बैशाख २३ गते बुधवार

टाइगर कप भलिबल: महिलातर्फ एपीएफ पराजित, उपाधि आयोजक टोलीलाई

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २०, काठमाडौं । सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई हराउँदै आयोजक टाइगर ग्रुप अफ पोखराले टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल क्लब च्याम्पियनशिपको महिलातर्फ उपाधि जितेको छ । पोखरा रङ्गशालाको भलिबल कोर्टमा आज भएको फाइनलमा टाइगर ग्रुपले एपीएफलाई ३–२ को सेटमा हरायो ।

टाइगर ग्रुपले दोस्रो सेट २९–२७, चौथो सेट २५–१६ र पाँचौं सेट १५–१३ ले जित्यो । एपीएफले पहिलो सेट २५–१७ र तेस्रो सेट २५–२१ ले जित्यो । टाइगर ग्रुप अफ पोखराले उपाधिसँगै पाँच लाख ८५ हजार पाँच सय ५५ रुपैयाँ र उपविजेता बनेको एपीएफले दुई लाख ८५ हजार पाँच सय ५५ प्राप्त गरेको छ ।

यस्तै टाइगर कप भलिबलको पुरुषतर्फ अहिले केहीबेरमा नेपाल पुलिस क्लब र गण्डकी प्रदेश खेल्दैछन् ।

Sharing

प्रतिक्रिया दिनुहोस