भाद्र १९ काठमाडौँ, । परराष्ट्र मन्त्रालयले आगामी असारभित्र पहिलो चरणको विद्युतीय राहदानी ई–पासपर्ट वितरण थाल्ने योजनासहित ५० लाख ई–पासपोर्ट छपाईका लागि परराष्ट्र मन्त्रालयले प्रक्रिया अगाडि बढाएको छ ।मन्त्रालयको राहदानी महाशाखाले ४५ दिन अवधि तोकेर गत साता अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिसकेको छ । एक वर्षपछि मेसिन रिडेबल पासपोर्ट एमआरपी नवीकरण गर्न वा नयाँ लिन पनि ई–पासपोर्ट पद्धतिमै जानुपर्ने हुन्छ ।

पासपोर्टभित्रै औंठाछाप, फोटो तथा व्यक्तिगत विवरणसहितको चिप्स राखिने राहदानी महासाखाका निर्देशक एवं सूचना अधिकारी तीर्थराज अर्यालले बताउनू भयो । अन्य कतिपय मुलुकमा भने आँखाको रेटिनाजस्ता जैविक पहिचानसहितको ‘चिप्स’ प्रयोग गर्ने गरेका छन् ।‘अहिले जारी भएको एमआरपीले फोटो रिड गर्न नसक्ने भएकाले व्यक्तिगत पहिचान झुक्कीन सक्ने सम्भावना रहन्छ , ‘ई–पासपार्ट चिप्समा रहेको फोटोमार्फत मुहार पहिचान प्रविधिनबाट विश्वसनीय तरिकाले व्यक्ति पहिचान गर्न सकिन्छ अर्यालले जानकारी दिनूभयो ।