• २०८३ असार १६ गते मङ्गलवार

बाग्मतीलाई हराउँदै पुलिस क्लब एन्फा महिला लिगको दोस्रो ‘क्वालिफायर’ मा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ११, काठमाडौं । बाग्मती युथलाई हराउँदै नेपाल पुलिस क्लब एन्फा महिला लिग फुटबलको दोस्रो क्वालिफायरमा पुगेको छ । एन्फा कम्प्लेक्सको मैदानमा सातदोबाटोमा आज भएको इलिमिनेटरमा पुलिसले बाग्मती युथलाई १–० गोलले हरायो ।

पुलिसको जीतमा अमृत जौशीले दोस्रो हाफको इन्ज्युरी समयमा गोल गरिन् । एन्फा महिला लिगको पहिलो क्वालिफायरमा भोलि लिग चरणमा शीर्ष भएको सशस्त्र प्रहरी बलको एपीएफ क्लब र दाेस्राे भएकाे त्रिभुवन आर्मी क्लब खेल्दैछन् । यो खेलको विजेता सीधै फाइनलमा पुग्नेछ । हार्ने टोलीले दोस्रो क्वालिफायरमा आउँदो सोमवार पुलिससँग खेल्नेछ । दोस्रो क्वालिफायरमा विजयी हुने टोली फाइनलमा पुग्नेछ ।

फाइनल खेल आउँदो बुधवार दिउँसो २ बजे त्रिपुरेश्वरको दशरथ रंगशालामा हुनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस