• २०८३ बैशाख १५ गते मङ्गलवार

कञ्चनपुरमा निःशुल्क शव चिस्यान सेवा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ९, कञ्चनपुर। कञ्चनपुरको कृष्णपुर नगरपालिकाले निःशुल्क शव चिस्यान सेवा सञ्चालनमा ल्याएको छ । नगरपालिकाले तीन लाख चार हजार रुपैयाँ लागतमा ठेक्का प्रक्रियामार्फत शव चिस्यान यन्त्र खरिद गरी सेवा शुरू गरेको हो ।

नगरपालिकाका विदेश वा देशका अन्य क्षेत्रमा भएका व्यक्तिका आफन्तको ज्यान गएमा घर फर्कँदासम्मका लागि शवलाई चिस्यान यन्त्रमा चार/पाँच दिनसम्म सुरक्षित राख्न सकिने व्यवस्था नगरपालिकाले गरेको छ ।

यन्त्रको माग भएका क्षेत्रमा नगरपालिकाले निःशुल्क सेवा उपलब्ध गराउने मेयर हेमराज ओझाले बताउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस