पुष २६, काठमाडौं । काठमाडौँको चन्द्रागिरी नगरपालिका–३ स्थित थानकोटमा युवतीमाथि चक्कु प्रहार भएको छ । चक्कु प्रहारबाट दाङ घर भएर थानकोट बस्ने २७ वर्षीय सरु मगर घाइते भएकी छन् ।
उनको घाँटीको पछाडीको भाग र अनुहारमा चोट लागेको छ । उनलाई उपचारको लागी ट्रमा सेन्टरमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।
चक्कु प्रहारमा संलग्न रोल्पाको गंगादेवी गाउँपालिका घर भएका ३५ वर्षीय चन्द्रबहादुर खत्रीलाई प्रहरीले पक्राउ गरेको छ । पीडित युवती र आरोपी पूर्व परिचित हुन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।