• २०८३ मङ्सिर ६ गते शनिवार

ओएनजीसीमा आगलागी हुँदा चारको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

भाद्र १७, मुम्बई । महाराष्ट्रको नवी मुम्बईस्थित आयल एण्ड नेचुरल ग्यास कर्पोरेशन लिमिटेड (ओएनजीसी) को संयन्त्रमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ । नवी मुम्बईको उरण क्षेत्रमा रहेको ओएनजीसी ग्यास प्रसंस्करण संयन्त्रमा मंगलबार बिहान करिब ७ बजे आगलागी हुँदा चार जनाको मृत्यु भएको हो ।

नवी मुम्बई प्रहरीका आयुक्त सञ्जय कुमारले आगलागीमा परेर सीआईएसएफका तीन जवान र ओएनजीसीका एक कर्मचारीको मृत्यु भएको पुष्टि गरेका छन् । ओएनजीसीले ट्विट गरेर आगलागीबाट तेल प्रसंस्करणमा कुनै असर नपरेको र ‘कुलिङ’ प्रक्रिया अहिले पनि सुचारु रहेको जनाएको छ ।

इण्डियन एक्सप्रेसका अनुसार झण्डै तीन घण्टापछि आगोलाई नियन्त्रण गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस