- सन्तोष बानिया, पर्यटन बिट प्रमुख
साउन ३२, काठमाडौं । दुइ ठुला कम्युनिस्ट पार्टी एकीकरण भैसकेको अबस्थामा पर्यटन व्यवसायी संगठनहरुको एकतामा भैरहेको ढिलाइ र आगामी सेप्टेम्बर ६ तारिकको दिन हुन गैरहेको ट्रेकिङ्ग ब्याबसायिहरुको छाता सङ्गठन (टान )को चुनाबको बारेमा लगायत समसामायिक बिषयमा छलफल गरि नेकपा निकट युवा व्यवसायीहरुको भेला सम्पन्न भएको छ।
खासगरी पूर्व एमाले निकट पर्यटन व्यवसायीहरुमा बिभिन्न गुट उपगुट रहेको र आगामी टानको चुनाबमा त्यसको असर पर्न सक्ने भन्दै उपस्थित व्यवसायीहरुले चिन्ता ब्यक्त गरेका छन्। छलफलको सुरुमै समय लिदै आयोजक कमल सापकोटाले सबै व्यवसायी मिलेर जानु पर्ने, नमिले युवाहरुले हस्तक्षेप गरेर भए पनि संगठन लाइ एक बनाउनु पर्ने धारणा ब्यक्त गर्नु भयो। भेलामा पर्यटन बोर्डका पूर्व सदस्य राजेन्द्र प्रसाद सापकोटा, ठमेल पर्यटन बिकास परिषदका महासचिब धुर्ब अधिकारि ,टानका उपाध्यक्ष जीवन थापा मगर , एन.एम ए का बर्तमान कोषाध्यक्ष शुदर्शन न्यौपाने, टानका कोषाध्यक्ष रामकृष्ण तिमल्सिना , बरिष्ठ पर्यटन व्यवसायी अन्जन कुमार थापाले पनि व्यक्तिगत इगोले सिंगो संगठन बन्धक बनाउन नहुने र मिलेर जानु पर्ने धारणा राख्नु भयो। भेलामा ३० भन्दा बढी युवा पर्यटन व्यवसायीहरुको उपस्थित रहेको थियो।

भेलाको आयोजना र संयोजन युवा पर्यटन व्यवसायि एबम समाजसेवी कमल सापकोटाले गर्नु भएको हो।