• २०८३ बैशाख ८ गते मङ्गलवार

इन्डो–नेपाल भलिबलमा एपीएफले गलकाेटलाई हरायाे

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस १९, काठमाडौं । इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले बाग्लुङकाे गलकाेट भलिबल क्लबलाई हराएकाे छ । बुटवलको रामनगर खेलमैदानमा आज भएको खेलमा एपीएफ क्लबले गल्कोट भलिबल क्लबलाई ३–२ को सेटमा हरायो ।

एपीएफले पहिलो सेट २५–१५, दोस्रो सेट २५–२२ र पाँचौं सेट ले जित्यो । यस्तै गलकोटले तेस्रो सेट २५–२२ र चौथो सेट ३३– ३१ ले जित्यो । हिजो खेल चल्दै गर्दा रोकिएको एपीएफ र गलकोटको खेल आज फेरि भएको हो । यही पुस २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ वटा टोली सहभागी छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस