• २०८३ असोज १२ गते सोमवार

एआईजी भरत बोहरा अवकाशमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस १४, काठमाडौ । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) भरत बोहरा अनिवार्य अवकाशमा गएका छन् । एआईजीको ५६ वर्षे उमेर हद पुरा गरेर बोहरा आजबाट अवकाशमा गएका हुन् । प्रहरी महानिरीक्षक वसन्त कुँवरसँगै २०५१ चैत ५ मा प्रहरीमा प्रवेश गरेका बोहरा प्रहरी हेडक्वार्टरको प्रदेश समन्वय विभागमा कार्यरत थिए ।

बोहराको अवकाशसँगै एआईजीमा एउटा दरबन्दी रिक्त भएको छ । किरण बज्राचार्य पुस १६ मा अवकाशमा जाँदै छिन् । बज्राचार्यको अवकाशपछि दुई जना डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गरिने गृह मन्त्रालयका उच्च अधिकृतहरू बताउँछन् ।

डिआइजीहरू जनक भट्टराई, कुवेर कडायत, रवीन्द्र केसी, लालमणि आचार्य, चन्द्रकुवेर खापुङ र कृष्णहरि शर्मा मध्येबाट दुई जना एआईजी हुन्छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस